Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पूर्वप्रधानमन्त्री ओलीको प्रश्न : भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

पूर्वप्रधानमन्त्री ओलीको प्रश्न : भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?


  • 1.6K
    Shares

    पूर्वप्रधानमन्त्री ओलीको प्रश्न : भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?
    images

    भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले पवित्र उदेश्यसहित आन्दोलन गरेको बताएका छन् । पवित्र उद्देशको आन्दोलन भनिए पनि त्यसलाई गलत व्यक्तिहरूले दुरुपयोग गरेको उनको भनाइ छ ।

    बिहीबार भक्तपुरको गुण्डूमा प्रेस चौतारी नेपालका पत्रकारहरूसँग भेटघाटका क्रममा ओलीले जेनजीको पवित्र आन्दोलनलाई तोडफोड, आगजनी र विध्वंसतर्फ मोडिएको बताए। भदौ २३ र २४ गतेको आन्दोलनमा उठाइएका मागहरू सही भए पनि त्यसलाई केही समूहले तोडमोड गर्दै विध्वंसतिर लगेको ओलीको आरोप छ ।

    ओलीले भदौ २४ को विध्वंसका कारण देशलाई २५ वर्ष पछाडि धकेल्ने काम भएको उल्लेख गरे। ‘नेपालमा यति ठूलो विनाश पहिले कहिल्यै भएको थिएन’, ओलीले भने।

    पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल स्मरण गर्दै भ्रष्टाचार नगरेको जिकिर गरे । ‘मैले सरकारमा हुँदा भ्रष्टाचार नगर्नु नै अपराध हो भन्ने वातावरण बनाइएको थियो,’ उनले भने । उनले अहिले दलीय व्यवस्थामाथि खतरा रहेको टिप्पणी गरे। दलीय व्यवस्था जोगाउन अन्य दलहरूको साथ आवश्यक रहेको उनको भनाइ छ ।

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - ०६:३५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij