Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खुँडा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

खुँडा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ


  • 8.1K
    Shares

    खुँडा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    दाङ । दाङमा खुँडा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

    गढवा गाउँपालिका वडा नं. २ का ४० वर्षीय धनिराम चौधरीले ४३ वर्षीय श्रीमती सीता चौधरीलाई खुँडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले बताए । 

    ‘आपसी विवादमा श्रीमानले श्रीमतीमाथि खुँडा प्रहार गरेको र लमही तर्फ उपचारका लागि ल्याउँदै गर्दा बाटामै मृत्यु भएको भन्ने छ,’ डिएसपी रिजालले भने । 

    बिहान पौने १० बजेतिर चौधरीले घरमै खुँडा प्रहरी गरी श्रीमतीलाई गम्भीर घाइते तुल्याएको र उपचारका लागि लमही अस्पताल ल्याउँदै गर्दा ११ बजेतिर बाटोमै मृत्यु भएको डिएसपी रिजाले जानकारी दिए । 

    खुँडा प्रहार गर्ने चौधरीलाई नियन्त्रण लिइएको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १६:४०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij