Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

फागुन २० सम्म १८ वर्ष उमेर पूरा हुनेले कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

फागुन २० सम्म १८ वर्ष उमेर पूरा हुनेले कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने


  • 1.1K
    Shares

    फागुन २० सम्म १८ वर्ष उमेर पूरा हुनेले कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने
    images

    काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ।  

    आज बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपालखबरलाई जानकारी दिए। 

    हो कात्तिक मसान्तसम्म मतदाता अध्यावधिक गर्ने समय तोक्ने निर्णय भएको छु उनले भने।  आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने उनको भनाइ छ। 

    भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट पाएको छ। 

    निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था छ। तर सरकारले बुधबार अध्यादेश ल्याएर उक्त व्यवस्था हेरफेर गरेको छ। 

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १५:१०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij