२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । मुग्लिन-नारायणघाट सडक अवरुद्ध भएपछि दसैँका लागि बाहिर जाने यात्रुहरूको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बढ्दै गएको छ ।
सडक असुरक्षित भएपछि मानिसहरू हवाई यात्रातिर मोडिएका छन् । यात्रुको चाप बढेसँगै विमान कम्पनीहरूले भाडा पनि बढाएका छन् ।
मुग्लिन-नारायणगढसँगै अन्य मुख्य राजमार्गहरूमा पनि समस्या आएको छ । दसैँको मुखमा सडक सहज नहुँदा सबैलाई समस्या परेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij