Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आकर्षक अफरसहित अमेरिकामा 'हाम्रो पात्रो रेमिट'को पुनः शुभारम्भ

आकर्षक अफरसहित अमेरिकामा 'हाम्रो पात्रो रेमिट'को पुनः शुभारम्भ


  • 582
    Shares

    आकर्षक अफरसहित अमेरिकामा 'हाम्रो पात्रो रेमिट'को पुनः शुभारम्भ
    images

    काठमाडौं । मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा हाम्रो पात्रो रेमिट पुनः सुरु गरेको छ। यससँगै अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलो, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन्।

    विशेषगरी नेपालीहरूको महान चाड बडादसैंलाई लक्षित गर्दै हाम्रो पात्रो रेमिटले यो सेवाका प्रयोगकर्ताहरूका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराएको जनाएको छ । 

    जसअनुसार हाम्रो पात्रो रेमिट मार्फत प्रयोगकर्ताहरूले १,००० अमेरिकी डलर वा सोभन्दा बढी रकम ट्रान्सफर गर्दा कुनैपनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन। दसैंमा परिवार र आफन्तलाई आर्थिक साथ दिन चाहने पहिलो ५,००० नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो ट्रान्सफरमा १ अमेरिकी डलर बराबर १५० को विशेष विनिमय दर प्राप्त गर्नेछन्।

    प्रयोगकर्ताले पैसा पठाउनु अघि नै प्राप्तकर्ताले कति रुपैयाँ पाउनेछन् भन्ने थाहा पाउनेछन्  र जसले सेवा पूर्णरूपमा पारदर्शी बनाउने कम्पनीको भनाइ छ ।  रकम सिधै नेपालका प्रमुख बैंकहरूमा जम्मा हुन्छ भने नियमित बैंकिङ समयअनुसार छिटो सम्पादन गरिने कम्पनीको भनाइ छ ।

    साथै, प्रयोगकर्ताहरूलाई कुनैपनि दुविधा या जिज्ञासा भएमा हाम्रो पात्रो एपमै रहेको ग्राहक सेवा टोलीमा २४ घण्टा सम्पर्क गर्न सकिने जनाइएको छ । 

     

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १४:११:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij