Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नवलपरासीमा चक्कु प्रहार गरी पत्नीको हत्या

नवलपरासीमा चक्कु प्रहार गरी पत्नीको हत्या


  • 1.2K
    Shares

    नवलपरासीमा चक्कु प्रहार गरी पत्नीको हत्या
    images

    काठमाडौं । नवलपरासी पूर्वमा एक पुरुषले पत्नीको हत्या गरेका छन्। 

    कावासोती नगरपालिका–८ सगरमाथा टोलकी ३७ वर्षीया संगिता पौडेल पाण्डेको हत्या भएको हो। ४२ वर्षीय पति सूर्यप्रसाद पाण्डेले नै बुधबार साँझ उनको हत्या गरेका प्रहरीले जनाएको छ। सूर्यप्रसादलाई प्रहरीले पक्राउ गरेको छ। 

    घरायसी विवादको क्रममा उनले चक्कु प्रहार गर्दा संगिता गम्भीर घाइते भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले संगितालाई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १३:१२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij