Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

५ सडक पूर्णरुपमा अवरुद्ध, कुन-कुन सडक हुदैँछ एकतर्फी सञ्चालन ?

५ सडक पूर्णरुपमा अवरुद्ध, कुन-कुन सडक हुदैँछ एकतर्फी सञ्चालन ?


  • 778
    Shares

    ५ सडक पूर्णरुपमा अवरुद्ध,  कुन-कुन सडक हुदैँछ एकतर्फी सञ्चालन ?
    images

    काठमाडौं । वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएको छ । 

    आज बिहान ८ बजेसम्मको जानकारी अनुसार देशभरका ५ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ भने ४ सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएको छ । 

    प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-एकुवामा सडक अवरुद्ध भएको छ । बाढीले रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित नेपाल र चीन नाका जोड्ने पुल बन्द भएको छ । 

    त्यस्तै, चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक सडक पूर्णरुपमै बन्द भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम पूर्वको भूमे गाउँपालिका-४ काँडाबगरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    sadak-aaja-1536x1292.jpg

     

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १०:२६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij