२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तत्काल निलम्बन गरी छानबिन र कारबाही गर्न निगमभित्रका जेनजी कर्मचारीहरुले माग गरेका छन् ।
जेनजी कर्मचारीहरुले उनीमाथि प्रशासनिक अनियमितता र अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।
नागरिक उड्डयन प्राधिकरणले असक्षम ठहर गरी पटक पटक निलम्वन तथा बर्खात भएका अध्यक्ष अधिकारीले गरेको निगम दोहनप्रति गम्भीर हुन माग गरेका छन् ।
कानूनी र पारदर्शी प्रक्रिया पालना नगरिएको लगायतका १० विषयमा छानविन गर्नुपर्ने निवेदनमा उल्लेख गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij