Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कारोबारसँगै घट्यो शेयर बजार

कारोबारसँगै घट्यो शेयर बजार


  • 1.6K
    Shares

    कारोबारसँगै घट्यो शेयर बजार
    images

    काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २७.८९ अंकले घटेर २,६५४ को विन्दुमा कायम भएको छ । 

    आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड माथिको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी १.९०, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा १.५१ तथा व्यापार समूह १.६५ प्रतिशत घटेको छ ।

    आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको २२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    8share.JPG

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १६:४०:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij