Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

करिब एक किलो सुनसहित भारतीय नागरिक प्रकाउ, मलद्वारमा लुकाएका थिए सुन

करिब एक किलो सुनसहित भारतीय नागरिक प्रकाउ, मलद्वारमा लुकाएका थिए सुन


  • 1.8K
    Shares

    • images
    करिब एक किलो सुनसहित भारतीय नागरिक प्रकाउ, मलद्वारमा लुकाएका थिए सुन

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेको छ । करिब एक किलो सुनसहित भारतीय नागरिक हो । 

    पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी रहेका छन्  भने उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    उनीबाट ८ सय ३५ ग्राम अवैध सुन बरामद भएको छ । भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं आएका उनलाई आगमन भन्सार एरियामा जाँच गरिएको थियो ।

    प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको सुन फेला परेको थियो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ ।

     

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १५:२०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij