Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु


  • 1.1K
    Shares

    क्यान्टिनबाटै राजस्व सङ्कलन सुरु

    काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट कार्यालय भवन जलेपछि हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले क्यान्टिनमा टेबुल कुर्सी व्यवस्थापन गरी कार्यालय सञ्चालन गरेको छ । 

    क्यान्टिनबाटै राजस्व सङ्कलन सेवा सुरु गरिएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिएका छन् । प्रमुख सुवेदीले भने, ‘कार्यालय क्षतिग्रस्त भएर कामै नलाग्ने भएपछि कहीँबाट भए पनि सेवा त सुरु गर्नुपर्‍यो’,। ‘त्यसैले क्यान्टिन सफा गरेर राजस्व सङ्कलन सुरु गरेका छौँ ।’ 

    प्रदर्शनका क्रममा भदौ २४ गते कार्यालयमा रहेको दुई वटा गाडी, दुई वटा मोटरसाइकल, करिब १५ करोड स्टिकर, कम्प्युटर, प्रिन्टर, डिजिटल डिस्प्ले, कुर्सी, दराज, टेबललगायतका सम्पूर्ण सामान जलेको प्रमुख सुवेदीले बताएका छन् । 

    images
    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १४:०३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij