Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

५ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध

५ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध


  • 848
    Shares

    ५ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध
    images

    काठमाडौं । देशका विभिन्न सडक खण्डमा खसेको पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

    नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा हिजो सडक माथिबाट पहिरो खसेपछि बाटो पूर्ण रूपमा बन्द भएको छ।

    त्यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, कोदारीमा पनि पहिरोका कारण सवारी आवागमन रोकिएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ मा २०८२ असार २४ गतेको बाढीले पुल बगाउँदा नेपाल-चीन नाका पूर्ण रूपमा अवरुद्ध भएको छ।

    यसैगरी, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४, बरुण र मकालु गाउँपालिका-३, एकुवामा पनि पहिरो खसेकाले बाटो पूर्ण रूपमा अवरुद्ध बनेको छ।553557434_1110793617849827_5481915647775809048_n_4hpKByGRsg.jpg

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १२:५९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij