Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

कांग्रेसले लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीहरूलाई आजै बोलाउने तयारी

कांग्रेसले लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीहरूलाई आजै बोलाउने तयारी


  • 841
    Shares

    कांग्रेसले लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीहरूलाई आजै बोलाउने तयारी

    काठमाडौं । मधेस सरकारबाट कांग्रेस बाहिरिएको छ । प्रदेश राजधानी जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।  

    मुख्यमन्त्री शतिस सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताएका छन् । उनका अनुसार दलको बैठकमा सांसदहरूले सरकारमा नबस्न सुझाव दिए बमोजिम बैठकले निर्णय गरेको हो । 

    उनले भने, ‘अब औपचारिकरुपमा आजै प्रदेश प्रमुखलाई पत्र पठाएर हामी सरकारबाट बाहिरिनेछौँ,’ कांग्रेसका मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने तयारी भइरहेको उनले बताएका छन् ।  

    मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा सहभागी भएको १६ महिनापछि सरकारबाट कांग्रेस बाहिरिएको हो । 

    चार दलीय गठबन्धनको सरकारबाट दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा अब एमाले र लोसपा मात्रै सहभागी रहेका छन् ।

     

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - १२:२७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij