Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

झापा इनर्जीकाे आईपीओ बाँडफाड, कतिले पाए शेयर ?

झापा इनर्जीकाे आईपीओ बाँडफाड, कतिले पाए शेयर ?


  • 1.2K
    Shares

    • images
    झापा इनर्जीकाे आईपीओ बाँडफाड, कतिले पाए शेयर ?

    काठमाडौं । झापा इनर्जीको आइपीओ बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट गरिएको हो।

    कम्पनीले सर्वसाधारणका लागि गते भदौ २० गतेदेखि आइपीओ निष्काशन गरेको थियो। कम्पनीको आइपीओमा भदौ ३० गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

    कम्पनीले सामूहिक लगानी कोषका लागि १०० रुपैयाँ अंकित दरका २८ हजार ५१४ कित्ता र कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याएको छ। बाँकी रहेको ४ लाख ७३ हजार ३३६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने गरेको थियो। 

    क्यापिटलका अनुसार यो आइपीओमा अन्तिम दिनसम्म १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयर माग भएको थियो। जसमा १८ लाख ३३ हजार ७३८ आवेदकबाट माग भएको १ करोड ९९ लाख ५४ हजार ८३० कित्ता शेयर सदर भएको छ भने बाँकी रहेको ३४ हजार ४०३ आवेदकबाट माग भएको ३ लाख ९६ हजार ८४० कित्ता शेयर बदर भएको छ।

    मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो। जसमा भाग्यमानी ४७ हजार ३३३ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये ६ जनाले थप १-१ कित्ता शेयर पाएका छन्।

    लगानीकर्ताले आइपीओ नतिजा धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलका साथै सीडीएससीको मेरो शेयरमा गएर हेर्न सक्नेछन्।

     

    प्रकाशित मिति :आश्विन ८ २०८२ बुधवार - ११:२२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij