Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

बालेनप्रति ओलीको टिप्पणी: पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर

बालेनप्रति ओलीको टिप्पणी: पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर


  • 1.8K
    Shares

    बालेनप्रति ओलीको टिप्पणी: पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवाको काँधमै अडिएको बताएका छन् ।

    नयाँ निवास स्थल भक्तपुरको गुण्डुस्थित भेट्न पुगेका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल अरू देशले भिसासमेत नदिने स्थितिमा पुगेसकेको बताएका छन् ।

    उनले नेपाल इमानदार र कर्मठ मानिसहरूको देश रहेको भन्ने बनाउनुपर्ने बताएका छन् भने युवाहरूले निराश नभई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्नुपर्ने बताएका छन् । 

    उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति संकेत गर्दै भने, ‘जो पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर । यस्तो कुरा हामीले बुझ्नुपर्छ ।’

     

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १७:५६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij