२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला बाँदरे मोडमा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको नागढुंगा-मुग्लिन सडक आयोजनाले जनाएको छ ।
मंगलबार बिहान करिब ५ः४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण यो सडक अवरुद्ध भएको थियो । जामका कारण यात्रुहरू अलपत्र परेका थिए ।
बिहानैदेखिको निरन्तर मर्मतपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij