Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मंगलबार पनि उच्च अंकले बढ्याे शेयर बजार, कारोबार रकम भने ५ अर्ब २९ करोडमा सीमित

मंगलबार पनि उच्च अंकले बढ्याे शेयर बजार, कारोबार रकम भने ५ अर्ब २९ करोडमा सीमित


  • 2.0K
    Shares

    मंगलबार पनि उच्च अंकले बढ्याे शेयर बजार,  कारोबार रकम भने ५ अर्ब २९ करोडमा सीमित

    काठमाडौं । साताको तेस्रो कोरोबारको दिन मंगलबार शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५८.६३ अंकले बढेर २,६८२ को विन्दुमा कायम भएको छ । 

    आज २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको ३८ करोड ६८ लाख रुपैयााको शेयर कारोबार भएको छ भने युनिभर्सल पावरको १८ करोड ३० लाख रुपैयााको शेयर कारोबार भएको छ । 

    बैंकिङ १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ तथा व्यापार १.८३ प्रतिशत बढेको छ  ।

    7 share.JPG

    images
    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १५:४५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij