Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कम

नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कम


  • 491
    Shares

    नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कम
    images

    काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ ।

    नागढुंगा–मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठुलो भएकाले पन्छाउन दिनभर लाग्ने बताए । उनका अनुसार आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम छ ।

    चितवन र धादिङको सिमाना नजिक बाँदरेमोड भन्ने स्थानमा सुरुमा राति साढे १० बजेतिर पहिरो खसेको थियो । राति नै पहिरो पन्छाएर ११ बजेतिर एकतर्फी खुलाइएको थियो । तर साढे ११ बजेतिर पुनस् पहिरो खसेर बाटो बन्द भयो । आज बिहान साढे २ बजेदेखि पुनस् पहिरो पन्छाइरहेका बेला आज बिहान ५ बजे झन् ठूलो पहिरो खसेर बाटो ठप्प भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    हाल तीवटा साना मेसिन पहिरो पन्छाउन परिचालन गरिएको छ । अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउने काम गर्न सकिएको छैन । पहिरो खस्न रोकिएपछि मात्र पन्छाउने काम सुरु हुने प्रहरीले जनाएको छ ।

    रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

    यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए । त्यतिबेलाको सडकमा परेको गाडीको चाप सामान्य नहुँदै पुनस् धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन् ।

    दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - १०:५१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij