Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

पदभार ग्रहण गर्दै मन्त्री महावीर पुनले भने- ‘मन्त्रालयमै सुत्छु, आफैं पकाएर खान्छु’

पदभार ग्रहण गर्दै मन्त्री महावीर पुनले भने- ‘मन्त्रालयमै सुत्छु, आफैं पकाएर खान्छु’


  • 624
    Shares

    पदभार ग्रहण गर्दै मन्त्री महावीर पुनले भने- ‘मन्त्रालयमै सुत्छु, आफैं पकाएर खान्छु’
    images

    काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहणसँगै मन्त्रालयमै खानेबस्ने घोषणा गरेका छन् । सोमबार केशरमहलस्थित मन्त्रालय पुगेर पदभार लिएलगत्तै उनले आफूलाई सरकारी क्वाटर नचाहिने र मन्त्रालयभित्रै बस्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

    “मन्त्री क्वाटर चाहिँदैन । यहीँ कोठा बनाउनू, खाट र टेबल भए पुग्छ । आफैं पकाएर खान्छु,” उनले भने । सरकारी कामबाहेक अन्य प्रयोजनमा मन्त्रालयको गाडी प्रयोग नगर्ने निर्णय पनि उनले सार्वजनिक गरे ।

    अन्तरिक्ष प्रविधि, न्युक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गर्ने निर्णयमा उनले हस्ताक्षर गरे । समितिमात्रै बनाएर नहुने भन्दै उनले ठोस काम गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । “समिति त बन्छ, तर काम नगर्ने, बजेट अभावका कारण थाति राख्ने परिपाटी दोहोरिनु हुँदैन । सानो भए पनि ठोस काम सुरु गर्नुपर्छ,” पुनले भने ।

    पुनले आफूलाई मन्त्री पदमा बसेर काम गर्ने मौका केवल ६ महिनासम्म मात्र भएको भन्दै उपलब्ध समयमै गर्न सकिने कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । “म भगवान होइन । तर, सकेको काम गर्छु,” उनले भने ।

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - ०७:२६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij