Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

देउवाको घाँटीमा लगाइएका टाँका आजको चार दिनपछि काटिने, कहिले डिस्चार्ज गर्ने भन्ने निश्चित छैन्

देउवाको घाँटीमा लगाइएका टाँका आजको चार दिनपछि काटिने, कहिले डिस्चार्ज गर्ने भन्ने निश्चित छैन्


  • 1.9K
    Shares

    • images
    देउवाको घाँटीमा लगाइएका टाँका आजको चार दिनपछि काटिने, कहिले डिस्चार्ज गर्ने भन्ने निश्चित छैन्

    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको  घाँटीमा लगाइएको टाँका चार दिनपछि काटिने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले भदौ २४ गते बूढानीलकण्ठस्थित निजी निवासमा आगजनी र तोडफोड गर्दा देउवा दम्पतीलाई कुटपिट गरेका थिए ।

    कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेको कारण देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । टाँका चार दिनपछि काट्न मिल्ने उपचारमा संलग्न डाक्टरहरूले बताएको स्वकीय सचिव भानु देउवा बताएका छन् । 

    आन्दोलनकारीले देउवामाथि कुटपिट गर्दा आरजु राणा देउवामाथि पनि कुटपिट गरेका थिए । डा.राणाको पनि सोही अस्पतालमा उपचार भइरहेको स्वकीय सचिवले बताएका छन् ।

    कार्यसम्पादन समिति बैठकले देउवा निको भएर अस्पतालबाट डिस्चार्ज भएपछि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । 

    प्रकाशित मिति :आश्विन ६ २०८२ सोमवार - १८:०६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij