२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घाँटीमा लगाइएको टाँका चार दिनपछि काटिने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले भदौ २४ गते बूढानीलकण्ठस्थित निजी निवासमा आगजनी र तोडफोड गर्दा देउवा दम्पतीलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेको कारण देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ । टाँका चार दिनपछि काट्न मिल्ने उपचारमा संलग्न डाक्टरहरूले बताएको स्वकीय सचिव भानु देउवा बताएका छन् ।
आन्दोलनकारीले देउवामाथि कुटपिट गर्दा आरजु राणा देउवामाथि पनि कुटपिट गरेका थिए । डा.राणाको पनि सोही अस्पतालमा उपचार भइरहेको स्वकीय सचिवले बताएका छन् ।
कार्यसम्पादन समिति बैठकले देउवा निको भएर अस्पतालबाट डिस्चार्ज भएपछि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij