Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नवनियुक्त मन्त्रीहरूको शपथ एक घण्टा पछि सर्‍यो

नवनियुक्त मन्त्रीहरूको शपथ एक घण्टा पछि सर्‍यो


  • 1.1K
    Shares

    नवनियुक्त मन्त्रीहरूको शपथ एक घण्टा पछि सर्‍यो
    images

    काठमाडौं । नवनियुक्त ५ जना मन्त्रीहरुको शपथको समय एक घण्टा सरेको छ । आज अपरान्ह ३ बजेका लागि तय भएको हो । राष्ट्रपतिका कार्यालयले सो कुराको जानकारी दिएको छ । 

    आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका थिए । राष्ट्रपतिले अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका थिए ।

    सिन्हालाई कानुन, उद्योग वाणिज्य, भूमि सुधारसहितका मन्त्रालय दिइएको छ । यस्तै महावीरलाई शिक्षा, संगीतालाई स्वास्थ्य र मदन परियारलाई कृषि मन्त्रालय दिइएको छ।  यस्तै खरेललाई सञ्चार मन्त्रालय दिइएको छ । 

     

    प्रकाशित मिति :आश्विन ६ २०८२ सोमवार - १२:५२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij