Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं बाहिरिने यात्रुहरुको बढ्यो चाप, २४ घण्टामा ४३ हजारले छाडे उपत्यका

काठमाडौं बाहिरिने यात्रुहरुको बढ्यो चाप, २४ घण्टामा ४३ हजारले छाडे उपत्यका


  • 1.0K
    Shares

    • images
    काठमाडौं बाहिरिने यात्रुहरुको बढ्यो चाप, २४ घण्टामा ४३ हजारले छाडे उपत्यका

    काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढ्न थालेको छ । २४ घण्टाको अवधिमा ४३ हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक रहेको छ ।

    ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र सिंह गुरुका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेको अवधिमा ४३ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन् । यो अवधिमा २८ हजार यात्रु काठमाडौं भित्रिएका छन् ।

    आज दशैंको घटस्थापनाको दिनदेखि यात्रुहरु बाहिरिने क्रम थप बढ्ने अनुमान छ । कतिपय निजी कार्यालय, कलेज र विद्यालयहरुमा दशैं बिदा भइसकेकाले दशैं मनाउन गाउँ फर्किनेहरुको संख्या बढ्ने अनुमान गरिएको हो । दशैंको सरकारी बिदा भने फूलपातीको दिनदेखि सुरु हुन्छ ।

    गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनपछि सुरक्षा वातावरण सामान्य बन्दै गएदेखि नै काठमाडौं छाड्नेक्रम बढेको थियो । आजबाट दशैं नै सुरु भइसकेकाले यो संख्या थप बढ्ने छ ।

     

    प्रकाशित मिति :आश्विन ६ २०८२ सोमवार - १०:४२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij