२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । ‘जेनजी’ पुस्ताको आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्रिपरिषद्मा महाविर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । चर्चाका बीच राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. पुन शिक्षा मन्त्रालयको जिम्मेवारी लिन तयार भएका हुन् ।
ग्रामीण नेपालमा वायरलेस इन्टरनेट क्रान्ति ल्याउने उनको योगदानले अन्तर्राष्ट्रिय स्तरमा सम्मान कमाएका पुनलाई प्रधानमन्त्री कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेकी थिइन् ।
उनले विज्ञान तथा प्रविधिमा मात्र केन्द्रित रहन चाहेको संकेत गरेका छन् । पुनको मन्त्रित्वले ग्रामीण प्रविधि र युवा उद्यमशीलतालाई प्राथमिकता दिन सक्ने अनुमान छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् । उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij