२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने पक्का भएको छ।प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन् ।
यसअघि कानुन मन्त्रालय गृहमन्त्री ओमप्रकाश अर्याल रहेका थिए । सिन्हा २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएर ६५ वर्षे उमेर हदले २०८० १४ कात्तिकमा अवकाशमा गएका थिए ।
उनी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ कानुन व्यवसायीका रुपमा परिचित छन् । उनले सर्वोच्च अदालतमा ७ वर्ष बिताए । उनले त्यहाँ रहँदा संवैधानिक, फौजदारी र वाणिज्यसम्बन्धी मुद्दा निरुपणमा ठूलो भूमिका खेलेका थिए ।
बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणबारे मन्त्रिपरिषद्को नीतिगत निर्णयमा अनुसन्धानको ढोका खोल्ने गरी सर्वोच्चको इजलासबाट फैसला हुँदा उनी पनि सदस्य थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij