२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११ः५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको छ ।
यसैबीच शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको उत्तम साइतबारे जानबारी गराएको हो ।
जस अनुसार, भारतमा ११ः४९, अमेरिकाको न्युयोर्कमा ११ः५, अमेरिकाको फ्र्यांकफर्ट, केन्टुकीमा ११ः५७, टेक्सासमा ११ः३३, क्यालिफोर्नियामा ११ः११, क्यानडाको टोरेन्टोमा ११ः११, अष्ट्रेलियाको सिड्निमा ११ः४३ बजेको साइत उत्तम रहेको जनाएको छ ।
२०८२ सालको दशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो । असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ । असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij