Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

गोरखाको अजिरकोटमा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल

गोरखाको अजिरकोटमा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल


  • 533
    Shares

    गोरखाको अजिरकोटमा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल
    images

    गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल भएको छ । तीन वर्ष अगाडि स्थानीय सञ्जीव लामाले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सुरु गरेको मूलखर्क स्याउ फर्ममा पहिलो पटक स्याउ फलेको हो ।

    लामाका अनुसार गाउँपालिकाले उपलब्ध गराएको इटालियन तीन प्रजातिको ( गोल्डेन डेलिसियस, गाला र इटालियन फुजी) बेर्ना तीन वर्ष रोप्न सुरु गरिएकोमा यस वर्ष भने उत्पादन दिन थालेको हो । सामुन्द्रिक सतहदेखि २२ सय मिटरमा अवस्थित करिब २० रोपनी क्षेत्रफलमा स्याउको पहिलो पटक परीक्षण उत्पादन सफल भएपछि व्यवसायिक रुपमा उत्पादन गर्ने लामाले बताए ।

    अजिरकोट गाउँपालिकाको ‘एक वडा एक कृषि फर्म’ कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा स्याउको पहिलो पटक परीक्षण खेती गरिएको पालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

    उनका अनुसार गाउँपालिकामा २ नम्बर वडामा तीन वटा स्याउ फर्म सञ्चालन गरिएको र तीन वटै फर्ममा स्याउको सफल परिक्षण उत्पादन भएको बताए ।

    पालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन स्थानीय किसानलाई कृषि कार्यक्रम अनुसार ५० देखि ८० प्रतिशत सम्म कृषि अनुदान प्रदान गर्दै आएको उनको भनाइ छ । 

    प्रकाशित मिति :आश्विन ४ २०८२ शनिवार - ११:०५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij