Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

अहिले के गर्दैछिन् बालुवाटारमा सुमना, कहिले बन्लिन् मन्त्री ?

अहिले के गर्दैछिन् बालुवाटारमा सुमना, कहिले बन्लिन् मन्त्री ?


  • 2.3K
    Shares

    अहिले के गर्दैछिन् बालुवाटारमा सुमना, कहिले बन्लिन् मन्त्री ?
    images

    भदौ २७ गते शुक्रबार तत्कालीन रास्वपा नेतृ सुमना श्रेष्ठ र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अंकमाल गरेको एउटा तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल बन्यो ।

    शीतलनिवासमा प्रधानमन्त्रीको शपथपछि शुभकामना ग्रहण गरिरहेकी कार्कीसमक्ष श्रेष्ठ पुगेपछि दुवै जना खुसी देखिन्थे अनि गर्ल्याम्म अंकमाल गरे। यसबारे सञ्चारमाध्यममा समाचार पनि बने। यसबारे चर्चा झनै चुलियो। यता सञ्जालमा चर्चा भइरहँदा यस तस्बिर र भिडिओले रास्वपाभित्र भने आगो सल्किएको थियो।  

    पार्टीमा यसलाई लिएर आलोचना बढेपछि आइतबार नै श्रेष्ठले रास्वपा परित्याग गरेको घोषणा गरिन्। रास्वपाबाट राजीनामा दिएकी श्रेष्ठ अहिले के गर्दैछिन् भन्नेबारे हामीले यहाँ उल्लेख गर्दैछौँ।  

    जेनजीले भदौ २३ र २४ गते काठमाडौँसहित देशभर आन्दोलन गरेको जेनजीकै कारण अहिले अन्तरिम सरकार बनेको छ। दल र तत्कालीन सरकारको नेतृत्व गरेकाहरू भागाभाग भए। प्राय: सबै नेपाली सेनाको शरणमा पुगे। सेनाले कोहीलाई गाडीबाट त केपी ओलीसहित केहीलाई हेलिकप्टरमार्फत उद्धार गर्‍यो। 

    त्यसपछि सेनाले अन्तरिम सरकार गठनको लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेर संवाद अघि बढायो। सेनाले संवादका लागि जेनजीका प्रतिनिधिसहितलाई आह्वान गर्‍यो। जेनजीका तर्फबाट सेनासँग कसले छलफल गर्ने भन्ने अन्योल भयो। यही अन्योलकै बीच जेनजीका प्रतिनिधिले सुमना श्रेष्ठलाई अभिभावक बनेर सेनासँग आफ्ना कुरा राखिदिन आग्रह गरे। 

    तर, उनले आफू राजनीतिक दलमा आवद्ध भएको र आफू जेनजीको प्रतिनिधिका रुपमा छलफलमा जाँदा जेनजीको आन्दोलनमा पनि राजनीतिक गन्ध आउने भन्दै जान मानिनन्।  अहिले सुमना दलमा छैनन्। रास्वपा छाडिसकेपछि भने जेनजीका प्रतिनिधिका रुपमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाउन थालेको बुझिएको छ। 

    बालुवाटार स्रोतका अनुसार आज (शुक्रबार) साँझमात्रै उनी बालुवाटार पुगेकी थिइन्। प्रधानमन्त्री र मन्त्रीहरू राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारेर शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर बालुवाटार फर्किएलगत्तै उनी त्यहाँ पुगेकी थिइन्।  

    स्रोतले दिएको जानकारी अनुसार उनले प्रधानमन्त्री कार्कीसँग छलफल गरेकी छन्। त्यतिबेला अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल पनि त्यहीँ थिए। तीनै मन्त्रीसँग पनि छलफल गरेकी थिइन्। नयाँ मन्त्रीका सम्भावित व्यक्तिमाथि केन्द्रित रहेको बताइएको छ। सुमना आफैँले भने मन्त्री नबन्ने सार्वजनिक अभिव्यक्ति दिइसकेकी छन्।  

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - २१:१७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij