Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सशस्त्रको एसएलआर भक्तपुरमा बेवारिसे अवस्थामा फेला

सशस्त्रको एसएलआर भक्तपुरमा बेवारिसे अवस्थामा फेला


  • 995
    Shares

    सशस्त्रको एसएलआर भक्तपुरमा बेवारिसे अवस्थामा फेला
    images

    काठमाडौं । जेनजी प्रदर्शनको क्रममा बानेश्वरबाट लुटिएको एउटा एसएलआर भक्तपुरमा भेटिएको छ । 

    चाँगुनारायण नगरपालिका-९ ब्रम्हायणीमा कपडाले बेरेर राखेको अवस्थामा भेटिएको हतियार स्थानीयले प्रहरीलाई बुझाएका छन् । 

    नम्बर-२० गण २९० लेखिएको सो एसएलआर सशस्त्र प्रहरीको मिनभवन स्थित बेसबाट लुटिएको  सशस्त्रका अधिकृतहरू बताएका छन् ।

    स्थानीयले एउटा एसएलआर फेला पारेर बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताएका छन् । 

     

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १७:२८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij