Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न कांग्रेसको माग

उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न कांग्रेसको माग


  • 820
    Shares

    उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न कांग्रेसको माग
    images

    काठमाडौं । नेपाली कांग्रेसले जेनजी पुस्ताको भदौ २३ / २४ मा भएको आन्दोलनका क्रममा भएका आगजनी, तोडफोड र लुटपाटबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी छानबिनको माग गरेको छ।

    केन्द्रीय कार्यालय सानेपामा शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्ने निर्णय गरेको हो।

    ‘जेनजी पुस्ताको आन्दोलनका क्रममा आपराधिक समूहले भदौ २४ गते सरकारी र निजी सम्पतिमा खर्बौंको क्षति पुर्‍याएकोले निन्दा र भर्त्सना गर्दै उच्चस्तरीय न्यायिक छानबिन आयोग बनाउन माग गर्दछौं,’ बैठकपछि प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भने।

    केन्द्रीय कार्यसम्पादन समिति बैठकमा २० जना नेताहरूले धारणा राखेका थिए। भदौ २३ गते जेनजी पुस्ताले शान्तिपूर्ण आन्दोलन गर्ने विश्वास गरिए पनि आन्दोलन हिंसात्मक बन्न पुगेको र मानिसहरूको मृत्यु भएकोमा कांग्रेसले दुस्ख व्यक्त गरेको छ।

    साथै बदलिँदो परिस्थितिमा अहिलेकै संविधानबाट निकास खोज्न सकिनेमा कांग्रेस विश्वस्त रहेको निष्कर्ष कार्यसम्पादन समितिको छ।

    ‘उचित निकास यही संविधानभित्रैबाट खोज्न सकिन्छ। विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको निकास संविधानले दिनुपर्छ। संविधान रक्षार्थ कांग्रेसले विभिन्न दल र नागरिक समाजलगायत सरोकारवालासँग छलफल गर्नेछ,’ उनले भने।

    भ्रष्टाचार अन्त्य र सुशासन प्रत्याभूति आत्मसाथ गर्दै तिनलाई विधिवत रूपमा सम्बोधन गर्ने पार्टीको ठहर छ। साथै बैठकले सभापति शेरबहादुर देउवा दम्पतीमाथि भदौ २४ गते प्रदर्शनकारीबाट भएको आक्रमणको भर्त्सना गरेको छ। सभापति देउवा दम्पतीमाथि अमानवीय आक्रमण भएको, घर आगजनी र लुटपाट भएको कांग्रेसको भनाइ छ। पार्टीलाई थप सहज र सुदृढ गर्दै लगिने पनि कांग्रेसले जनाएको छ।

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १६:०८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij