Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोरखाको आरुघाट गाउँपालिकामा नियमित फोहर संकलन सेवा सुरु

गोरखाको आरुघाट गाउँपालिकामा नियमित फोहर संकलन सेवा सुरु


  • 1.2K
    Shares

    गोरखाको आरुघाट गाउँपालिकामा नियमित फोहर संकलन सेवा सुरु
    images

    काठमाडौं । गोरखाको आरुघाट गाउँपालिकाले आरुघाट बजार, आरुटार र आर्खेत क्षेत्रलाई सफा र आकर्षक राख्ने उद्देश्यले नियमित फोहर संकलन सेवा सुरु गरेको छ ।

    गाउँपालिकाले आरुघाट युवा क्लबसँगको सम्झौता गरेर आरुघाट बजार, आरुटार र आर्खेत बजार क्षेत्रका फोहोर हरेक साताको शनिबारका नियमित रुपमा संकलन गर्न लागिएको हो । गाउँपालिकाले सार्वजनिक सूचनामार्फत फोहोर सकंलनमा सहयोग गर्न पालिकाबासीलाई अनुरोध समेत गरेको छ ।

    पालिकाको बजार क्षेत्रमा रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, टोल विकास संस्था, व्यवसायी, होटल तथा पसल सञ्चालक, घरधनी र स्थानीय बासिन्दालाई सरसफाइ अभियानमा सक्रिय सहयोग गर्न अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए।

    त्यस्तै गाउँपालिकाले तोकेको फोहोर संकलनको शुल्क समयमै भुक्तानी गरी ‘सरसफाई कार्ड’ अनिवार्य रूपमा लिन पनि आग्रह गरेको छ । “आरुघाट बजारलाई स्वस्थ, सफा र सुन्दर बनाउने जिम्मेवारी सबैको हो। फोहर संकलन र व्यवस्थापनमा गाउँपालिका र आरुघाट युवा क्लबलाई आवश्यक सहयोग पु¥याउनु सबैको दायित्व हो।”

    गाउँपालिकाद्धारा जारी गरिएको सूचनामा भनिएको छ । बजार क्षेत्रको वातावरण सुधार र सरसफाई कायमका लागि गाउँपालिकाले यस्तो निर्णय गरेकोहो । गाउँपालिकाले फोहर संकलनको नियमितता कायम गर्न स्थानीयवासीको प्रत्यक्ष सहभागिता अनिवार्य रहेको भन्दै प्रत्येक घरधुरीलाई निर्धारित स्थान र समयमा फोहर राखिदिन आग्रह गरेको छ ।

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १५:२९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij