Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

एमाले नेताहरूले अवलोकन गरे कांग्रेस केन्द्रीय कार्यालय

एमाले नेताहरूले अवलोकन गरे कांग्रेस केन्द्रीय कार्यालय


  • 799
    Shares

    एमाले नेताहरूले अवलोकन गरे कांग्रेस केन्द्रीय कार्यालय
    images

    काठमाडौं । नेकपा एमालेका नेताहरुले जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय अवलोकन गरेका छन् ।

    एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र गुरु बराल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायतका नेताहरुको टोलीले आज सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेको हो ।

    यसअघि नेपाली कांग्रेसका उपाध्यक्ष पूर्णबहादुर खड्काले ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा भएको क्षति अवलोकन गरेका थिए ।

    आज एमालेका नेताहरुलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले क्षतिको जानकारी गराएका थिए ।

    ‘एउटै समूहले योजनाबद्ध रूपमा क्षति पुर्‍याएको हो । पहिलो, दोस्रो र तेस्रो पटकसम्म उनीहरू आएर सामग्री लुटेर लगे, चौथोपटक आएर आगो लगाइदिए’, नेपाली कांग्रेसका कोषाध्यक्ष श्रेष्ठले भने ।

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १३:२६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij