Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

एमालेभित्र कुनैपनि किसिमको विग्रह हुन दिँदैनौँः वरिष्ठ उपाध्यक्ष पोखरेल

एमालेभित्र कुनैपनि किसिमको विग्रह हुन दिँदैनौँः वरिष्ठ उपाध्यक्ष पोखरेल


  • 722
    Shares

    एमालेभित्र कुनैपनि किसिमको विग्रह हुन दिँदैनौँः वरिष्ठ उपाध्यक्ष पोखरेल
    images

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने दाबी गरेका छन् ।

    संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमालेभित्र अब के हुन्छ ? भनेर शंका गर्नेहरुप्रति लक्षित गर्दै एमालेलाई कुनै पनि किसिमको विग्रह हुन नदिने बताएका छन् । उनले भएका कमजोरीहरु सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    उनले एमाले कसैले किस्तीमा राखेर दिएको पार्टी नभएको बताउँदै धुलो टक्टक्याएर पुनः उठ्ने बताएका छन् ।  एमाले शान्त तलाउमा डुंगा चलाएर आएको, भुलुक्क उम्लिएको पार्टी नभएको बताउँदै समीक्षा गरेर अघि बढ्ने बताउनु भयो ।

    वरिष्ठ उपाध्यक्ष पोखरेलले सामाजिक एकता खल्बलिए राष्ट्रिय एकता कमजोर हुने बताउँदै यस्तो हुन दिन नहुने जिकिर गरेका छन् । नेपाल बहुजाती, बहुभाषा, बहुधर्म र बहुसंस्कृति भएको देश भएकाले नेपालको एकतालाई कायम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। 

    सामाजिक सद्भाव खल्बल्याउन चाहने तत्वहरु बेला बेलामा देखापर्ने गरेको भन्दै एमालेले सामाजिक सद्भाव खल्बल्याउन चाहने जुनसुकै शक्तिलाई पनि पराजित गर्ने बताएका छन् । 

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - १०:२५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij