Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सरकारमा ५० प्रतिशत सहभागिता अनिवार्यसहित यस्ता छन् जेनजीको सात बुँदे प्रस्ताव

सरकारमा ५० प्रतिशत सहभागिता अनिवार्यसहित यस्ता छन् जेनजीको सात बुँदे प्रस्ताव


  • 2.1K
    Shares

    सरकारमा ५० प्रतिशत सहभागिता अनिवार्यसहित यस्ता छन्  जेनजीको सात बुँदे प्रस्ताव

    काठमाडौं । जेनजी नेपालले वर्तमान सरकारमा आफ्नो सङ्गठनबाट ५० प्रतिशत सहभागिता हुनुपर्ने माग गरेको छ । जेस्मिन ओझाको नेतृत्वमा गएको जेनजी नेपालका प्रतिनिधिहरूले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर सो माग राखेका हुन् ।

    उनीहरूले ७ बुँदे प्रस्ताव राख्दै सरकारमा जेनजीको ५० प्रतिशत र नागरिक समाजबाट पाँच प्रतिशत प्रतिनिधि हुनुपर्ने माग गरेका छन् । 

    उनीहरूले संवैधानिक आयोग र राजदूत नियुक्तिमा पनि जेनजीको ५० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने, नेपाल सरकारको मुख्य सचिव र अन्य सचिवको सचिवालयमा पनि जेनजीको प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीले ११ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने भनेकी छिन् । हाल तीन जना मात्र मन्त्री नियुक्त भएका छन् ।  

    genz notice.jpg

     

    images
    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १८:०५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij