२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धुलो हेरेर निराश हुने छुट नरहेको भन्दै धुलो टक्टक्याएर देश निर्माणमा लाग्न आह्वान गरेका छन् ।
संविधान दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो आह्वान गरेका हुन् । उनले ७० भन्दा बढी युवाहरुको जघन्य हत्याको शोकमा नेपाल रहेको भन्दै २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको बताएका छन्।
सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्नु रहेको बताएका छन्। २३ र २४ गतेका घटनाहरुको स्वतन्त्र, निश्पक्ष र उच्चस्तरीय छानविन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन्। जेनजी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्वोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको जिकिर गरेका छन् ।
जेनजी आन्दोलनको बलमा संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरुपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिने भएपनि त्यस अवसरबाट जेन जी चुकेको बताएका छन्। उहाँले जेनजी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित भएको बताएका छन्। शासकीय स्वरुप बदल्ने र इतिहास रच्ने मौका गुमेको उनको भनाइ छ ।
अध्यक्ष दाहालले आन्दोलनका क्रममा भएको सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका संरचनामा देशव्यापीरुपमा तोडफोड, लुटपाट र आगजनी विध्वंश जेन जीको काम नभएको बताएका छन्। प्रतिगमनकारी र अपराधितत्वहरुको नेपाल र नेपाली जनताविरुद्ध गरिएका प्रहार भएको बताएका छन्।
देश अहिले इतिहासकै गम्भीर संकटमा परेको उल्लेख गर्दै आफ्नो विवेक सौर्य र वलिदानका कृतिमानबाट हाम्रा पुर्खाहरुले बचाएको नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र नेपाली जनताको आत्मसम्मानमा आज गम्भिर प्रश्न खडा भएको बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij