Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

जेनजी आन्दोलन: टाउकोमा गोली लागेर सडकको बारमा झुन्डिएका २८ वर्षीय बस्नेत स्वस्थ हुँदै

जेनजी आन्दोलन: टाउकोमा गोली लागेर सडकको बारमा झुन्डिएका २८ वर्षीय बस्नेत स्वस्थ हुँदै


  • 1.6K
    Shares

    जेनजी आन्दोलन: टाउकोमा गोली लागेर सडकको बारमा झुन्डिएका २८ वर्षीय बस्नेत स्वस्थ हुँदै
    images

    काठमाडौं । जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते काठमाडौँको बानेश्वरमा एक युवक टाउकामै गोली लागेर रक्ताम्मे  सडकको बारमा झुन्डिएको युवकको भिडिओ सामाजिक सञ्जालमा भाइरल रहेको थियो । 

    उक्त भिडिओको त्यो दृश्य देख्दा कोही कसैले पनि उनी जीवित रहे होलान् भनेर सोचेको पनि थिएनन् होला । त्यस्तो दृश्य देख्दा  कसैले पनि जीवित रहेको छ भने आशा नगरेको युवक जिवितै रहेका छन् । जेनजी आन्दोलनको पहिलो दिनै प्रहरीको गोली लागेर १९ युवा जनाको मृत्यु भएको थियो । 

    खुसीको खबर-दैलेख भगवतीमाई गाउँपालिका घर भएका ती युवक २८ वर्षीय दीपेन्द्र बस्नेत रहेका छन् । उनी हाल काठमाडौंमा उपचाररत रहेका छन् । उनको स्वास्थ्यमा सुधार हुँदै गएको जानकारी प्राप्त भएको छ।

    उनको तस्बिरसहित केपी खनालले आफ्नो फेसबुकमा लेखेका छन्, ‘पीडामा पनि एकाबिहानै एउटा खुसीको आशा बाँड्न यो खबर सुनाउँदै छु कि आन्दोलनका दिन यो तस्बिरमा देखिनुभएको व्यक्ति बाँच्नुभएको र अहिले स्वस्थ हुँदै जानुभएको छ।’ 

    खनालले अगाडि लेखेका छन्, ‘दैलेख भगवतीमाई गाउँपालिका घर भई हाल काठमाडौं काम गर्न आउनुभएका २८ वर्षीय दीपेन्द्र बस्नेत जेनजी आन्दोलनको पहिलो दिनमै टाउकोमा गोली लागी झुन्डिरहेको तस्बिर सञ्जालमा आइरहेको थियो। हामी आन्दोलन दिनबाटै बिहानदेखि साँझसम्म अस्पताल, बिरामी, सफाइ गरिरहने क्रममा हिजो उहाँलाई भेट्न पाएका थियौँ। उहाँको बुवाले आन्दोलनको दिन यो अवस्थामा थियो मेरो छोराू भन्दै देखाएको त्यो तस्बिरले मुटु झस्स बनायो अनि एउटा खुसी दियो। यस्तै देशभर घाइते भएका सबैको छिटो खुसीको खबर सुन्न पाइयोस्। पुनः उहाँलाई स्वास्थ्य लाभको कामना।’

    भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनमा परी हालसम्म ७४ जनाको मृत्यु पुष्टि भएको छ भने कैयौँ घाइते अझै अस्पतालमा छन्। जेनजी आन्दोलनका क्रममा विभिन्न सरकार तथा निजी सम्पत्तिमा भएको लुटपाट, तोडफोड र आगजनीपछि बीमा कम्पनीहरूमा बीमा माग दाबी पर्न थालेको छ । 

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १६:२१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij