Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता


  • 946
    Shares

    प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता
    images

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन् । बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत सोङले पनि प्रधानमन्त्री कार्कीसँग भेटघाट गरेका हुन् । 

    भेटमा छिमेकी देश भएको नाताले नेपाललाई हरेक प्रकारको सहयोग गर्न चीन तयार रहेको धारणा राख्दै राजदूत सोङले नेपाली जनताले गरेको आन्दोलनलाई स्वागत गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

    प्रधानमन्त्री कार्कीले पनि नेपाल चीनसँग सहकार्य गर्न तयार रहेको र यो बेलामा आवश्यक सहयोगको अपेक्षा गरेको धारणा राखेकी छन् ।यसअघि मंगलवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका थिए । 

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १४:४३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij