Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

आगजनी भएका सिंहदरबारको बाहिरी भागमा रंगरोगन सुरु

आगजनी भएका सिंहदरबारको बाहिरी भागमा रंगरोगन सुरु


  • 806
    Shares

    आगजनी भएका सिंहदरबारको बाहिरी भागमा रंगरोगन सुरु
    images

    काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा आगजनी गरिएको सिंहदरबार परिसरभित्रका मन्त्रालयमा रंगरोगन सुरु गरिएको छ । आगो र धुवाँले कालो देखिएका मन्त्रालयको बाहिरी भागमा रंगरोगन सुरु गरिएको हो ।

    यसैक्रममा आज बिहानदेखि अर्थ मन्त्रालयमा सेतो रंग लगाउने क्रम जारी छ । मजदुरहरुले बाँसको अग्लो भर्‍याङ बनाएर रंग लगाइरहेका छन् । भित्री भागको काम भने पछि गर्ने योजना सरकारको छ ।

    आइतबार सिंहदरबार क्षेत्रभित्रका क्षतिग्रस्त भवनहरुको अवलोकन गर्दै मन्त्री कुलमान घिसिङले भनेका थिए, ‘कार्यालयलाई थोत्रो देखाएर राख्नु भएन, भित्री काम गदैं गरौंला तर बाहिरी भाग चिटिक्क बनाएर राख्नु पर्यो, क्षति पुगेका सवारी साधन सिंहदरबार परिसरमा यत्रतत्र छरिएर कुरुप देखिएको छ, तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गर्नुपर्छ, यसबाट हामी उठ्यौं भन्ने सन्देश जान्छ ।’

    सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा क्षति भएका भवन मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने जनाएको छ । सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरी पुनर्निर्माण सुरु गर्ने सरकारको योजना छ ।

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १४:२४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij