Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आजको मौसम

आज जलवाष्पयुक्त हावाको प्रभाव, कहाँकहाँ हुनेछ भारी वर्षा?

आज जलवाष्पयुक्त हावाको प्रभाव, कहाँकहाँ हुनेछ भारी वर्षा?


  • 694
    Shares

    आज जलवाष्पयुक्त हावाको प्रभाव, कहाँकहाँ हुनेछ भारी वर्षा?

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास (भारततर्फ) अवस्थित रहेको बताएको छ। तर नेपालको मौसम प्रणालीमा अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको महाशाखाको भनाइ छ।

    महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    बिहीबार राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    images
    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - ०७:०९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij