२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनपछि डल्लुस्थित निवासमा भएको आगजनी र तोडफोडमा परेर चित्रकार गम्भीर घाइते भएकी थिइन् भने उनको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
यसबैची ऊर्जामन्त्री घिसिङले खनाललाई फोन गरेर उनको स्वास्थ्यबारे जानकारी लिएका हुन् । घिसिङको सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार, हिजो घिसिङले खनाललाई फोन गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij