Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

यी प्रक्रिया पुरा गरे जेनजी प्रदर्शनमा मृत्यु भएका सहितको परिवारले पाउँछन् १५ लाख राहत

यी प्रक्रिया पुरा गरे जेनजी प्रदर्शनमा मृत्यु भएका सहितको परिवारले पाउँछन् १५ लाख राहत


  • 1.5K
    Shares

    • images
    यी प्रक्रिया पुरा गरे जेनजी प्रदर्शनमा मृत्यु भएका सहितको परिवारले पाउँछन् १५ लाख राहत

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएका सहितको परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र काजकिरिया खर्चबापत ५ लाख दिने निर्णय गरेको छ । 

    गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा आइपुगेको जानकारी दिएका छन् ।अहिलेसम्म आन्दोलनमा मृत्यु भएकाको सङ्ख्या ७३ जना छ  भने मन्त्रिपरिषद्को निर्णय अनुसार मृतकका परिवारले राहत लिनका लागि  केहि प्रक्रिया पुरा गनु पर्ने देखिएको छ ।

    उक्त निर्णयमा लेखिएको छ, ‘सहिदको सूची प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पुस्ट्याइँसहित यकिन गरी गृह मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने ।’

    मन्त्रालयले प्रहरी प्रतिवेदन र प्रशासन कार्यालयका पत्रका आधारमा टिप्पणी स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्छ र मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै मृतकका परिवारले घोषित रकम पाउने भएको छ ।

     

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - १४:०७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij