Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जिल्ला न्यायाधीश बन्ने अवसर, न्याय सेवा आयोगले २१ जनाका लागि खुलायो विज्ञापन

जिल्ला न्यायाधीश बन्ने अवसर, न्याय सेवा आयोगले २१ जनाका लागि खुलायो विज्ञापन


  • 771
    Shares

    • images
    जिल्ला न्यायाधीश बन्ने अवसर, न्याय सेवा आयोगले २१ जनाका लागि खुलायो विज्ञापन

    काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगको भदौ ३१ गते बसेको बैठकले सूचना जारी गरेको जनाएको छ । विज्ञापन खुलाएको ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
     
    आयोगले आन्तरिक खुला ११, खुला ६, महिला १, आदिवासीरजनजाति २ र मधेसी १ जनाको कोटा खुलाएको छ ।  दरखास्तका लागि आन्तरिक खुला र खुलाका लागि दुई हजार र थप समावेशीका लागि पाँच सय रुपैयाँ दस्तुर अलग्गै लाग्ने जनाएको छ । छ । 

    उपधारा (२)को ‘क’ मा रिक्त जिल्ला अदालतको पदमध्ये बीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्याङ्कनको आधारमा गरिने उल्लेख  गरेको छ। 

    उपधारा (ख)मा रिक्त पदमध्ये चालीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने भनिएको छ ।

    रिक्त पदमध्ये बाँकी रहेको चालीस प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रूपमा निरन्तर कम्तीमा आठ वर्ष वकालत गरेका, कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित पदमा कम्तीमा आठ वर्ष काम गरेका वा कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा आठ वर्ष काम गरेका नेपाली नागरिकमध्येबाट खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा नियुक्ति गरिने भनेको छ ।

    न्याय सेवा आयोगले लिखित र मौखिक प्रतियोगितात्मक परीक्षा लिई योग्यताक्रम बमोजिम जिल्ला न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्लाई सिफारिस गर्ने छ ।

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - ११:४४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij