Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

जेनजी प्रदर्शनमा आगजनी र तोडफोड भएका सवारी साधनहरू सङ्कलन गर्न थालियो

जेनजी प्रदर्शनमा आगजनी र तोडफोड भएका सवारी साधनहरू सङ्कलन गर्न थालियो


  • 519
    Shares

    जेनजी प्रदर्शनमा आगजनी र तोडफोड भएका सवारी साधनहरू सङ्कलन गर्न थालियो
    images

    काठमाडौं । जेनजी प्रदर्शनमा आगजनी र तोडफोड भएका सवारी साधना सङ्कलन गर्न थालिएको छ । दुईपांग्रे र ४ पाङ्ग्रे सवारी साधनहरु टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको कम्पाउन्ड र कपनमा रहेका प्रहरी प्रभागमा सङ्कलन सुरु गरिएको हो । 

    आफ्नो सवारीको विवरण लिनुपर्ने भएमा टेकु र कपनमा सम्पर्क गर्न काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ । भदौ २३ र २४ मा प्रदर्शनकारीले काठमाडौँ उपत्यकाभर ठुलो सङ्ख्यामा सवारी साधनामा आगजनी र तोडफोड गरेका थिए ।

    काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीको १२१ वटा गाडीमा आगजनी गरिएको छ भने आगजनीका कारण ११७ वटा गाडी पूर्ण रूपमा जलेका छन् । ४ वटा गाडीमा आंशिक क्षति पुगेको छ ।

    दुईपांग्रे सवारी साधन १५८ वटा आगजनीमा परेका छन् । साइबर ब्युरोको ४ वटा गाडीमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । 

     

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - ११:०५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij