Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मात्रै मन्त्रिपरिषद् बनाउने, राजनीतिक व्यक्तिलाई निषेध

प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मात्रै मन्त्रिपरिषद् बनाउने, राजनीतिक व्यक्तिलाई निषेध


  • 1.4K
    Shares

    प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मात्रै  मन्त्रिपरिषद् बनाउने, राजनीतिक व्यक्तिलाई निषेध
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् ११ सदस्यीय मात्रै बनाउने तयारी गरेकी छन् । उनले अब बन्ने मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने उल्लेख गरेकी हुन् ।

    बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को संरचनाबारे उल्लेख गरेकी छन् ।

    ‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र मन्त्रालयको जिम्मेवारी  कसको के क्षमता छ त्यो अनुसार हेरेर दिने पनि उनले अन्तर्वार्तामा बताएकी छन् । 

    उनले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरुमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने जानकारी दिएकी छन् । 

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १७:०९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij