Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

कुलमानलाई फेसबुकबाट हितेन्द्रले दिए बधाई

कुलमानलाई फेसबुकबाट हितेन्द्रले दिए बधाई


  • 855
    Shares

    कुलमानलाई फेसबुकबाट हितेन्द्रले दिए बधाई
    images

    काठमाडौं । कुलमान घिसिङ मन्त्री बनेको दुई दिनपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बधाई दिएका छन्। 

    घिसिङ प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक हुन्। उनले शाक्यलाई अन्यत्रै पदस्थापन गरेर दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्ति पाएका थिए। 

    त्यसपछि शाक्यले सर्वोच्च अदालत धाएका थिए भने कुलमानलाई पनि निवर्तमान अपदस्थ सरकारले बर्खास्त गरेको थियो। उनी पनि सर्वोच्च पुगेका थिए। 

    तर जेनजी प्रदर्शनसँगै ओली सरकारको बहिर्गमनपछि घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन्। प्राधिकरण ऊर्जा मन्त्रालयको मातहतको निकाय हो। शाक्यलाई नै नीतिनिर्देश गर्ने तहमा घिसिङ पुगे पनि शाक्यले बधाई दिएका थिएनन्। 

    आज बल्ल शाक्यले फेसबुकमा लेखेर बधाई दिएका हुन्। 

    ‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ’, शाक्यले भनेका छन्। सफल कार्यकाल र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना साथै सम्पूर्ण ऊर्जा क्षेत्रको सफलतासहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु।’

    kulman-hitendra_xbW726MldY.jpg

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १७:०२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij