२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । मकवानपुर र बाराको सिमानास्थित महेन्द्र राजमार्ग अन्तर्गत चुरियामाई सडक खण्डमा नेपाली सेना चढेको जिप दुर्घटना भएको छ ।
मंगलबार दिउँसो भएको दुर्घटनामा १५ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सेनाको उद्धार गरेर उपचारका लागि हेटौंडातर्फ लगिँदै गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
जिप तनहुँबाट मकवानपुरको हेटौँडाबाट धनुषातर्फ जाँदै गरेको जानकारी पाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij