२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री सहभागी भएका छन् ।
ऊर्जामन्त्री कुलमान घिसिङ गोपीकृष्णहलबाट र गृहतथा कानुनमन्त्री ओमप्रकाश अर्याल चाबहिल चोकबाट जेनजीको शवयात्रामा सहभागी भएका हुन् । कुलमानले राष्ट्रिय झण्डा बोकेका छन् भने कानुनमन्त्रीले राष्ट्रिय झण्डा ओढेका छन् ।
वीरगति प्राप्त गरेका सहिदहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिएको छ । १० जनाको शव र्यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चारजनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ । सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।
जेनजीको आन्दोलन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैजसो गोली लागेका र केही जलेको अवस्थामा भेटिएकाहरू छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij