Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह

उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह


  • 708
    Shares

    उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई गृहमन्त्रीको आग्रह
    images

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई आग्रह गरेका छन् ।

    मंगलबार युवाहरूको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोबलका साथ आफ्नो काममा खटिन आग्रह गरेका हुन् । 

    गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी लगायतले ट्राफिक प्रहरी कार्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए । 

    गृहमन्त्री अर्यालले अहिलेको भवनबाटै सेवा सुरु गर्न निर्देशन दिँदै सरकारका तर्फबाट पूर्ण रूपमा सहयोग हुने प्रतिबद्धता जनाए । शान्ति सुरक्षा, सुशासन लगायतका कुरामा सरकार गम्भीर भएर अघि बढ्ने उनले उल्लेख गरे । उनले अव छिटै सबै कुरा लयमा फर्कने विश्वास व्यक्त गरे । अहिलेको सरकारले कसैमाथि पनि पक्षपात नगर्ने र निष्पक्ष रूपमा निर्वाचन गर्ने उनको भनाई थियो ।

    जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएको छ भने कार्यालय परिसरमा रहेका सवारीसाधन पनि जलेका छन् । 

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १३:३१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij