Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

हेलो सरकारमा फोन- ‘फलाना’लाई मन्त्री बनाउनु पर्‍यो !

हेलो सरकारमा फोन- ‘फलाना’लाई मन्त्री बनाउनु पर्‍यो !


  • 575
    Shares

    हेलो सरकारमा फोन- ‘फलाना’लाई मन्त्री बनाउनु पर्‍यो !
    images

     काठमाडौं । जेनजी आन्दोलनपछि ‘हेलो सरकार’मा धेरैजसोले फोन गरेर सुरक्षा माग गरेको पाइएको छ । कतिपयले भने अन्तरिम सरकारमा विभिन्न व्यक्तिलाई मन्त्री बनाउनपर्‍यो पनि भन्ने गरेका छन् ।

    ‘अधिकांशको सुझाव, गुनासा र मागहरु अहिलेको पछिल्लो घटनाक्रमसँग सम्बन्धित छन्,’ स्रोतले भन्यो, ‘प्रहरी चौकी स्थापना गर्नुपर्‍यो, शान्ति सुरक्षा चाहियो भन्नेदेखि फलानालाई मन्त्री बनाउनुपर्‍यो भन्नेहरु पनि छन् ।’

    जेनजी युवा आन्दोलनको क्रममा जनताका गुनासो सुन्ने ‘हेलो सरकार’ पनि प्रभावित भएको छ । सिंहदरबार जल्दा हेलो सरकारको कार्यालय पनि जलेको थियो । कम्प्युटर लगायतका उपकरणहरु जलेकाले हाल हेलो सरकारको सेवा प्रभावित भएको छ ।

    आजबाट सेवा सुरु गर्ने तयारी

    तर आजबाट नयाँ प्रधानमन्त्री कार्यालयबाट सेवा सुरु गर्ने तयारी छ । हेलो सरकारको फोन नम्बर ११११ सेवा आजबाट सुरु गर्ने तयारी रहेको त्यहाँ कार्यरत अधिकृत कुलप्रसाद भट्टराईले बताए ।

    ‘हेलो सरकारको सबै काम अनलाइन सिस्टमबाट हुन्थ्यो तर सबै जलेर एउटा मोबाइल मात्र बाँकी छ,’ अधिकृत भट्टराईले अनलाइनखबरसँग भने, ‘आजबाट चारवटा एकको फोन सेवा सुरु गर्ने तयारीमा छौं ।’

    हेलो सरकारको मोबाइल आफूले नै बोकेकाले अहिले त्यो मात्र बचेको उनले बताए । त्यो मोबाइल नम्बरमा फोन आउने र ह्वाट्सएपमा म्यासेज आउने क्रम भने जारी छ ।

    तर ती गुनासा तथा सुझावमाथि कारबाही प्रक्रिया अघि बढाउन सकिएको छैन । थुप्रै म्यासेज र फोन कलहरु आएका छन्, कार्यालय सञ्चालनमा आएपछि क्रमशस् सम्बोधन गर्दै जान्छौं,’ अधिकृत भट्टराईले भने ।

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - ११:२६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij