२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय समय र पोशाकमा टिकटक नबनाउन शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको छ । १७ भदौको निर्णयमा हेलो सरकारमा आएको गुनासोको आधारमा सो निर्णय लिइएको मन्त्रालयले जनाएको छ ।
‘प्रस्तुत विषयमा राष्ट्रिय सतर्कता केन्द्र, अन्वेषण तथा अनुगमन शाखाको च नं अ १६ र २२७ मिति २०८२/०५/०४ को पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमा टिकटक भिडियोलगायत बालमनोविज्ञानमा प्रत्यक्ष असर पुग्ने खालको सामग्री बनाई पोष्ट गर्ने कार्य गरेको भनि गुनासो प्राप्त भएकोले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सो कार्य नगर्न नगराउनका लागि आवश्यक समन्वय, सहयोग र सहजीकरणका लागि निर्देशानुसार अनुरोध छ,’ निर्देशनमा भनिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij