२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले कर्मचारी सरुवामा आफ्नो मूल मन्त्र नै ‘राइट म्यान इन राइट प्लेस इन राइट टाइम’ रहेको बताएका छन्।
पदभार ग्रहणपछि यसैको परिपालना गर्दै कार्यमा खटिने उनले बताएका हुन् भने उनले कार्यकक्षमा कर्मचारी सरुवामा उपयुक्त मान्छेले उपयुक्त जिम्मेवारी पाउने उल्लेख गरेका छन्।
उनले कर्मचारीहरुलाई असल नियतले ढुक्क भएर काम गर्न आग्रह गरेका छन्।
ऊर्जामन्त्री घिसिङले भने, ‘नडराई काम गर्नुहोला, राम्रो काम गर्नेलाई राम्रो जिम्मेवारी दिइनेछ। अहिलेको अवस्था हेरेर काम गर्नुहोस्, कसैप्रति पूर्वाग्रही हुनेछैन। द्रुतगतिमा काम गर्नुहोला। ट्राकमा काम गर्नुस्। १८ घण्टा खटिनुस्।’,
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij